back

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ आजदेखि

वि.सं.२०८० मंसिर १० आइतवार

423 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज मङ्सिर १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो । यस निष्काशनमा मङ्सिर १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोछ ।

वि.सं.२०८० मंसिर १० आइतवार १२:२८ मा प्रकाशित

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

  काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको अन्तिम दिन  दोहोरो अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि...