back

चौधरीको चतु¥याइ !

वि.सं.२०७४ वैशाख १६ शनिवार

573 

shares

karke-najar-new

नेपालका वरिष्ठ उद्योगपति विनोद चौधरी स्वयममा निकै ठूलो छातिका उद्योगपति हुन पाठकबृन्द ।
चाउचाउ र विस्कुट मात्र होइन, उद्योगका विविध क्षेत्रमा हात हालेका कारण र धेरै मुन्दुरलाई रोजगारी दिएका कारण मात्र चौधरी चर्चामा आएका होइनन्, पाठकबृन्द ।
नवलपरासीको गैडाकोट पाल्तीर प्रगतिनगर वल्तिर एउटा चौधरी गाउँ नै बनाएका आदरणीय उद्योगपति देशको प्रमुख दलको सिफारीसमा सांसद समेत भै सकेका हुन पाठकबृन्द । सांसद पनि किन नहुन पाठकबृन्द, उनलाई ‘हाम्रो राजा, हाम्रो देश परान भन्दा प्यारो छ ।’ हिजो ठूलै र मोटै चन्दा दिएका चौधरीले राजतन्त्र फाल्ने धृष्टता नगर भनेर यो देशको प्रमुख दलका शीर्ष नेतालाई भनेकै हुन पाठकबृन्द । नेपाली राजनीतिमा उखाने काका भनेर चिनिने काउरेड केपी शर्मा ओलीले बोलेको ‘ठेलागाडा घचेटेर अमेरिका पुगिन्न’ भन्ने बोली पनि कतिपयले चौधरीसँगै जोड्छन पाठकबृन्द ।
यी जोडाइ र आकांक्षालाई मेट्ने गरी फागनुको मध्यमा चौधरीले चतु¥याई देखाए पाठकबृन्द । कामरेड केपीकै जोडवल र सपना साकार बनाउने रणनीति अनुरुप सम्माननीय राष्ट्रपति विद्या भण्डारी देशको राष्ट्रपति हुन पुगेको पनि सबैलाई विदितै छ । यिनै राष्ट्रपतिलाई उनै चौधरीले प्रमुख अतिथि बनाउनु स्वभाविक त थियो नै पाठकबृन्द । श्वासत धामको उद्घाटनमा जुन कुर्सी राष्ट्रपतिले प्रयोग गरिन्, उही कुर्सी पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गरे भनेर विचरा चौधरीको बद्ख्वाइ गर्न खोजियो रे पाठकबृन्द । आखिर कुर्सी कहाँ बिटुलो हुन्छ र ! शंकाले लंका डढाउन भएन नी पाठकबृन्द, अहिले त यूग नै फरक छ । तथापि चौधरीको चतु¥याइ र भित्री मनसुवा केही थियो भने परमेश्वरले जानुन् ।

वि.सं.२०७४ वैशाख १६ शनिवार ०७:०७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...