back

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

वि.सं.२०८० मंसिर ११ सोमवार

624 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि विपक्षी दलहरूमाथि व्यापक र हिंसात्मक कारवाही सुरु गरेको ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सोमबार बताएको छ । उक्त संस्थाका अनुसार कारवाहीका क्रममा करिब १० हजार कार्यकर्तालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका हजारौँका साथै प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का धेरैले पनि आरोपको सामना गर्नुपरेको छ । बिएनपीलाई उद्धृत गर्दै उसका ५० लाख सदस्यमध्ये करिब आधाले ‘राजनीतिक प्रेरित अभियोगको सामना गर्नुपरिरहेको’ एचआरडब्लुले उल्लेख गरेको छ ।

“वरिष्ठस्तरदेखि तल्लोस्तरसम्म कसैलाई नछाडी पक्राउ गरिएको छ”, बिएनपीका एक कार्यकर्ताले एचआरडब्लुलाई भने । अधिकार समूहले कारागारहरूमा अहिले क्षमताको दुई गुणाभन्दा धेरैलाई राखिएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा आगामी जनवरी ७ मा आम निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको ध्यान सत्तामा लगातार चौथो कार्यकाल पूरा गर्नेतर्फ रहेको छ ।

बिएनपी तथा अन्य दलहरूले ठूलो स्तरमा विरोध प्रदर्शन गरेर हसिनालाई सत्ता छाड्न र स्वतन्त्र सरकारमार्फत निर्वाचनको माग गरेका छन् । सरकारले ती मागलाई असंवैधानिक भन्दै अस्वीकार गरेको छ ।

“बङ्गलादेश अधिकारीहरूले विपक्षीलाई समाप्त गर्न र आम निर्वाचनभन्दा अघि प्रतिस्पर्धा हटाउने स्पष्ट प्रयासमा राजनीतिक विरोधीहरूलाई सामूहिक पक्राउ गरिरहेका छन्”, न्युयोर्कस्थित एचआरडब्लुले भनेको छ, “यो हिंसात्मक निरङ्कुश कारवाही हो ।” अक्टोबरमा विरोध प्रदर्शन बढेपछि दुई प्रहरी अधिकारीसहित कम्तीमा १६ जनाको मृत्यु भएको र पाँच हजार पाँच सयभन्दा धेरै घाइते भएको एचआरडब्लुले बताएको छ ।

एचआरडब्लुको प्रतिवेदनमाथि सरकारका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन तर अधिकारीहरूले पक्राउ परेकाहरूले विभिन्न हिंसात्मक अपराधका लागि न्यायको सामना गर्नुपर्ने बताएका छन् ।

कति मानिसलाई पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । अक्टोबर २९ देखि भएको देशव्यापी हडताल र यातायात नाकाबन्दीका क्रममा विपक्षीहरूले अधिकांश बससहित करिब दुई सय ९० सवारी जलाएको प्रहरीले आरोप लगाएको छ । हिंसामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

धेरै प्रत्यक्षदर्शीसँगको अन्तरवार्ताका साथै भिडियो र प्रहरी रिपोर्टको विश्लेषणका आधारमा एचआरडब्लुले आफ्नो प्रतिवेदन तयार गरेको बताएको छ । “अत्यधिक बल प्रयोग, ठूलो मात्रामा मनोमानी ढङ्गले पक्राउ, जबरजस्ती बेपत्ता, यातना र गैरन्यायिक हत्याका लागि सुरक्षा बल जिम्मेदार रहेको प्रमाण प्राप्त भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

बङ्गलादेश विश्वको सबैभन्दा ठूलो तयारी पोशाक निर्यातकर्ता मुलुक मध्येको एक हो । उसको ५५ अर्ब अमेरिकी डलरको कूल निर्यातमा तयारी पोशाकको करिब ८५ प्रतिशत योगदान रहेको छ । धेरै वैश्विक ब्रान्डहरूले बङ्गलादेशका कारखानाहरूबाट तयारी पोशाक खरिद गर्दछन् ।

“कारबाहीले आर्थिक सहयोग जोखिममा पर्छ भनेर कूटनीतिक साझेदारहरूले स्पष्ट पार्नुपर्छ”, एचआरडब्लुले भनेको छ । एचआरडब्लुको वरिष्ठ एसिया शोधकर्ता जुलिया ब्लेकनरले यस्तो अवस्थामा विश्वसनीय निर्वाचन हुन नसक्ने बताए । “सरकारले स्वतन्त्र अभिव्यक्तिलाई दबाउने, स्वेच्छाचारी ढङ्गले पक्राउ गर्ने, जबरजस्ती बेपत्ता बनाउने, उत्पीडन र धम्कीको माध्यमबाट विपक्षी, आलोचकहरू र कार्यकर्ताहरूलाई व्यवस्थितरूपमा अक्षम बनाउँछ भने स्वतन्त्र निर्वाचन असम्भव छ”, उनले भने ।
अक्टोबरदेखि अहिलेसम्म कम्तीमा १६ हजार छ सय २५ सदस्यलाई पक्राउ गरिएको बिएनपीले आइतबार बताएको छ । तीमध्ये अधिकांश नेतृत्वलाई पक्राउ गरिएको छ । विशेषरूपमा बिएनपीका प्रमुख मिर्जा फखरुल इस्लाम आलमगिरलाई पक्राउ गरिएको छ ।

“बङ्गलादेशले मुलुकको इतिहासमा विपक्षीमाथि यति ठूलो कारवाही देखेको छैन”, बिएनपीका प्रवक्ता ए के एम वहिदुज्जमानले एएफपीलाई भने “पूरै देशमा त्रास फैलिएको छ ।” (रासस/एएफपी)

 

 

वि.सं.२०८० मंसिर ११ सोमवार १५:२१ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु...

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा...

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले...

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

पोर्ट लुइस (मरिसस) । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो...