back

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

वि.सं.२०८० मंसिर ११ सोमवार

522 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ ।

“विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजराइल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्”, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टिनी स्रोतले सिन्ह्वालाई भनेको छ ।

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ ।

हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजराइलसँग सहमति भएको थियो ।”

यसैबीच इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजराइल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताएका छन् ।

एक इजराइली भिडियो वयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताए ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजराइली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ । (रासस/सिन्ह्वा)

 

वि.सं.२०८० मंसिर ११ सोमवार १५:२८ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु...

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा...

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले...

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

पोर्ट लुइस (मरिसस) । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो...