back
CTIZAN AD

६० जना भन्दा बढी छात्रामा ‘मास हिस्टेरिया’को समस्या

वि.सं.२०७४ वैशाख १६ शनिवार

732 

shares

histriya१६ वैशाख, जुम्ला  । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ ।

चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिनुभयो । “त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु ग¥यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन” प्रधानाध्यापक केसीले भन्नुभयो ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा– ८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ ।” उहाँका अनुसार छात्राहरुको रोगको निदानका लागि अभिभावकले स्थानीय विधि धामीझाँक्री गरिरहेका छन् तर रोग दोहिरिरहेको छ ।

प्रधानाध्यापक केसीकाअनुसार लामो समयसम्म लम्बिएको यो रोगका कारण विद्यालय पठनपाठनको वातावरण प्रतिकुल बन्दै गएको छ । `

वि.सं.२०७४ वैशाख १६ शनिवार ०७:३१ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...