back

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै, ३८ जना खेलाडीले पुरस्कार पाउने

वि.सं.२०८० मंसिर १२ मंगलवार

576 

shares
NTC AD
Global IME AD

मनहरी (मकवानपुर) । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उनले बताए ।

प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ४० हजार नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए । यसैगरी प्रतियोगितामा चौथो हुनेले रु २५ हजार र पाँचौँ हुनेले २० हजार जित्नेछन् ।

यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले रु १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले रु ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिता आयोजना गर्नका लागि करिब रु ६२ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले रु दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले बेहोर्ने छ । प्रतियोगिता मङ्सिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

 

वि.सं.२०८० मंसिर १२ मंगलवार १२:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...