back

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

वि.सं.२०८० मंसिर १२ मंगलवार

237 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको नविल स्कुल अफ सोसियल इन्टरपेनरसीप ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।

दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं’,अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए । उनले यस कार्यक्रममा सहभागी हुने नबिल बैंकका कर्मचारी, विज्ञहरू, साझेदार, तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए ।

‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलता मार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं,’ उनले भने ।
नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।

नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् ।

यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् ।

यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत ग¥यो ।’

यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्री उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलतामार्फत् समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

 

वि.सं.२०८० मंसिर १२ मंगलवार १५:४५ मा प्रकाशित

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

मन्थली, (रामेछाप) । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा...

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग...

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

उलान बाटोर। ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा...

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...