back

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

वि.सं.२०८० मंसिर १२ मंगलवार

972 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको छ ।

डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको बैंकले नेपालमा पहिलो पटक पोस मेसिनमा तत्काल भुक्तानी सूचना प्रवाह गर्ने प्रविधिको शुभारम्भ गरेको हो ।

यो प्रविधि प्रयोगमा ल्याउनेमा माछापपुछ्रे् नेपालमै पहिलो बैंक भएको जनाएको छ । नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्युआर (नेपाल पे वा फोन पे तथा एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुने जानकारी बैंकले गराएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्न विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट बैंकका हजार भन्दा बढी फिनपोस पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनुका साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सकिने पनि बैंकले जनाएको छ ।

यस बाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन बैंक सधैं तत्पर रहेको जनाएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

वि.सं.२०८० मंसिर १२ मंगलवार १६:१९ मा प्रकाशित

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...