back
CTIZAN AD

सल्यानमा माओवादीको उम्मेदवार तय

वि.सं.२०७४ वैशाख १६ शनिवार

639 

shares

१६ वैशाख, सल्यान  । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो ।
शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरी तथा बागचौर नगरपालिकाबाट प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुनलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले बताउनुभयो ।
यसैगरी दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लीलावती बुढा, कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना राना तता ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।
कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा दिलमाया बुढा र उपाध्यक्षमा डिल्लीराज जैशी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसीलाई उम्मेदवार बनाएको छ । रासस

वि.सं.२०७४ वैशाख १६ शनिवार ०९:२२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...