back

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

वि.सं.२०८० मंसिर १३ बुधवार

579 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरे । यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने विकास व्यक्त गर्दै उनले बुद्धिचाल खेलका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने तयारीमा आफूहरू रहेको बताए ।

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामा, नगर खेलकुद विकाश समिति अध्यक्ष चन्द्र लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले प्रतियोगीताको लागि सफलताको सुभकामना व्यक्त गरेका थिए ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

स्वीस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने श्रेष्ठले बताए ।

प्रतियोगिताको पहिलो दिन आज पहिलो राउण्डमा ८६ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने र साँझ दोस्रो चरणको पनि खेल हुने उनले बताए । प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछन् ।

यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँदेखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही रु ११ हजार प्रदान गरिने बताइएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

वि.सं.२०८० मंसिर १३ बुधवार १३:२८ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...