back

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

वि.सं.२०८० मंसिर १३ बुधवार

399 

shares
NTC AD
Global IME AD

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।

निःशुल्क उपचार सेवा लिने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर वडाको सिफारिसको आधारमा उपमहानगरले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने नगरप्रमुख गोपाल हमालले बताए । आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने छ भने थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने उनले जानकारी दिए ।

प्रमुख हमालका अनुसार लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालले कूल शय्यामध्ये १० प्रतिशतमा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी, प्याथोलोजीलगायत सेवा निःशुल्क दिनुपर्ने जनाइएको छ ।

बिरामीको उपचारमा लाग्ने सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिनुपर्ने हमालले बताए । उनका अनुसार अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन उपमहानगरमा पठाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालमा यही मङ्सिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको निःशुल्क उपचार गरिनेछ ।

वि.सं.२०८० मंसिर १३ बुधवार १३:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एउटै पार्टीका दुईजनाको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एउटै पार्टीका दुईजनाको दाबी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी...

प्रहरीद्वारा एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

प्रहरीद्वारा एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

त्रिवेणी (रुकुमपश्चिम)। रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको...

उपनिर्वाचनका लागि उम्मेदवारलाई चुनाव चिह्न प्रदान

उपनिर्वाचनका लागि उम्मेदवारलाई चुनाव चिह्न प्रदान

चैनपुर (बझाङ) । बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा...