back

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

वि.सं.२०८० मंसिर १३ बुधवार

1.4K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरीपछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे ।

 

वि.सं.२०८० मंसिर १३ बुधवार १४:२६ मा प्रकाशित

सशस्त्रका डीएसपी भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिए

सशस्त्रका डीएसपी भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएपी) आफ्नै...

मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन आग्रह

मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन आग्रह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय...

माओवादीलाई अरूले उपयोग गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

माओवादीलाई अरूले उपयोग गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न...

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा । इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको...