back

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

वि.सं.२०८० मंसिर १३ बुधवार

402 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका थिए । कतार बसाइँका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

 

वि.सं.२०८० मंसिर १३ बुधवार १६:५८ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...