back

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

वि.सं.२०८० मंसिर १३ बुधवार

1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए ।

उपचारका लागि टीकापुर अस्पताल पुर्याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्याइएको थियो ।

कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सातजनालाई नियन्त्रणमा लिएको छ । रासस

 

वि.सं.२०८० मंसिर १३ बुधवार १७:१८ मा प्रकाशित

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

भजनी (कैलाली) । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको...

बजेट अभावका कारण महाकाली सिँचाइ आयोजना प्रभावित

बजेट अभावका कारण महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी(कञ्चनपुर) । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ...

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका...

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान...