back

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

वि.सं.२०८० मंसिर १३ बुधवार

762 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय सभापति रवि लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउन गरेको प्रस्तावलाई बैठकले पारित गरेको हो ।

त्यस्तै सांसदबाट थपिएका केन्द्रीय सदस्यहरुमा डा. स्वर्णिम वाग्ले पार्टीको उपसभापति,सुमना श्रेष्ठ, कविन्द्र बुर्लाकोटी र विपिन आचार्य सहमहामन्त्रीमा चयन भएका छन् । वाग्ले थपिएसँगै रास्वपामा दुई उपसभापति रहेका छन् । यसअघि पार्टीको उपसभापतिमा डिपी अर्याल रहेका थिए ।

त्यसैगरी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ भने पार्टीको कोषाध्यक्षमा लिमा अधिकारी, सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहोरा रहेको जनाइएको छ ।

त्यस्तै मनिष झा, प्रतिभा रावल र रमेश प्रसाई सहप्रवक्तामा चयन भएका छन् भने महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधि सभा प्रमुख सचेतकमा सन्तोष परियार यथावत रहेका छन् ।

त्यस्तै हरि ढकाल, शिशिर खनाल, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की र असिम शाह पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

वि.सं.२०८० मंसिर १३ बुधवार २०:०४ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...