back

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

वि.सं.२०८० मंसिर १५ शुक्रवार

645 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले सोही दिन साँझ नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए ।

दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गर्नुभएको थियो । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०७:०० मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...