back

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

वि.सं.२०८० मंसिर १५ शुक्रवार

423 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए । उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए ।

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन् । माटाका मूर्र्तितत बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे ।

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उनले काम गर्दै आएका छन् । मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए । पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी रू २५ हजार पाएको उनले बताए ।

“अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ”, मित्थुले भने । उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ ।

यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन् । उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन् ।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्तितत कुँदेबापत रू २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए ।

मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्राहलयमा चित्र र मूर्ति बनाइरहेका छन् । थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उनको भनाइ थियो ।
रासस

वि.सं.२०८० मंसिर १५ शुक्रवार १३:०४ मा प्रकाशित

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका...

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान...

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ ।...

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

चैनपुर (बझाङ) । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको...