back

फेसबूक स्ट्याटसले अन्ततः सुख्खा गाउँमा पानी निकाल्यो 

वि.सं.२०७४ वैशाख १७ आइतवार

564 

shares

driking water” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस्” नारा अगाडि सारेर फेसबूकको माध्यमबाट  शुरूवात भएको पानी अभियान प्रभावकारी हुँदै गइरहेको छ । वर्षौदेखि पानीले पीडित गाउँ सुनपुर दाङमा श्री प्रेम केसीको संयोजकत्वमा समिती एक वर्ष अघि गठन भएको थियो ।

२०१६ फेब्रुअरी २९ देखि पानी अभियानकर्ता मित्रलाल पार्देले फेसबूकको स्ट्याटसको माध्यमबाट शुरु गरेको पानी अभियानले अन्ततः वर्षौं देखि पानीले पिडित एक घैटो पानी बोक्न घन्टा  लाग्ने अवस्थाको अन्त्य गर्दै  सुनपुर दाङमा बोरिङ खनेर पानी निकाल्ने काम सफल भएको छ।

पानी निस्केपछि सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले खुशी व्यक्त गर्दै पाइप तथा ओभरहेड ट्यान्किको लागि सहयोगी हातहरुको अगाडि बढोस् भनेर आशा व्यक्त गर्नु भएको छ  ।

उक्त अभियानमा देश बिदेश गरेर स्वस्फूर्त रुपमा ३२ लाख प्रतिवद्दता आएको थियो भने अभियानको खातामा झन्डै १७ लाख जम्मा भएको थियो । उक्त योजनाको लागि करोड जुटाउन र नारा पूरा गर्न  अभियान कर्ता मित्रलाल पार्देले पनि हार्दिक अपिल गरेका छन्  ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०१:५९ मा प्रकाशित

Himalayan Life AD
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई...

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...