back

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

वि.सं.२०८० मंसिर १५ शुक्रवार

348 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिए । “म्याग्दीको अन्नपूर्ण–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ”, उनले भने, “यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेश गरिएको हो ।”

गत वर्षको वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच समूहका ५४ जनाले रु एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाल लगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो ।

तेह्र वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालीन जिल्ला विकास समितिको सभाले रोयल्टी माग गरे पनि सम्बोधन भएको थिएन् । पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीको टोलीले स्थलगत अध्ययन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

उनका अनुसार आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी, पर्यटनविद् रामहरि न्यौपाने, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा र पत्रकारसहितको टोली नारच्याङ हुँदै चार हजार तीन सय पाँच मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगेर बिहीबार फर्किएको छ ।

“राज्य पुनःसंरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिसअनुसार यो गाउँपालिकाको नामकरण अन्नपूर्ण हिमालबाट भएको थियो”, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले भने, “राज्यका निकायबाट प्राप्त तथ्याङ्कको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ । हामीले प्रयोग गरेका तथ्याङ्कमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ ।”

आयोगका सदस्य गुरुङले अन्नपूर्ण आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दाबीलाई तथ्य र तथ्याङ्कसहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८० मंसिर १५ शुक्रवार १३:५९ मा प्रकाशित

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...