back

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

वि.सं.२०८० मंसिर १५ शुक्रवार

393 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआइभी÷एड्सविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बीस वर्षदेखि जिल्लामा एचआइभी/एड्स सङ्क्रमण न्यूनीकरणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको सक्रिय प्लस नामक संस्थाले बनेपास्थित आदर्श विद्या मन्दिरमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सचेतना गराएको हो ।

कार्यक्रममा संस्थाका सचिव एवं एड्स सङ्क्रमित राजकुमार खत्री र सामाजिक अभियन्ता कमल बञ्जाराले एचआइभी÷एड्स सङ्क्रमणको कारण, लक्षण, उपचार तथा सङ्क्रमणबाट जोगिने उपायका बारेमा प्रशिक्षण दिएका छन् । सो अवसरमार आयोजित ‘सङ्क्रमितहरूको मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सङ्क्रमितको अवस्था र उपचारमा पहुँचबारे जानकारी गराएका थिए ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । एचआइभी सङ्क्रमितमध्ये ४६ पुरुष र ४७ जना महिला छन् । एकजना छ वर्षीया बालिका छिन् । अठार वर्षदेखि ५७ वर्ष उमेर समूहका ९२ जना छन् । अन्य जिल्लाका केहीले काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालबाट सेवा लिइरहेका छन् । जिल्लाका केही सङ्क्रमितले अन्यत्र सेवा लिइरहेको जनाइएको छ । एचआइभी÷एड्सका कारण हालसम्म जिल्लाका १५ जनाले ज्यान गुमाएका छन् ।

एचआइभी सङ्क्रमणको मुख्य कारण वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले असुरक्षित यौन सम्पर्क तथा लागुऔषधको प्रयोगबाट हुने गरेको पाइएको बञ्जाराले बताए । धुलिखेल अस्पतालले एचआइभी सङ्क्रमितलाई ‘एआरटी’ नामक औषधिको सेवा तथा परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । उनका अनुसार सङ्क्रमित खुल्न चाहँदा समयमै उपचार हुने भएकाले अभियान्ताले परीक्षण र पहिचानमा जोड दिँदै आएका छन् ।

पनौतीका खत्रीले १७ वर्षदेखि एरआटी सेवा लिएका थिए । उनले जिल्लामा एचआइभी सङ्क्रमितका लागि विभेद नभएको बताए । उनका अनुसार तर सङ्क्रमित खुल्न नचाहँदा छिट्टै मृत्यु हुने गरेको छ । संस्थाले विद्यालयका बालबालिका तथा युवा बेरोजगार हुँदा र गलत सङ्गतका कारण सहजरूपमा लागुऔषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने अपिल गर्दै आएको छ ।

जिल्लामा २० जना बालबालिका सङ्क्रमित अभिभावकबाट जन्मिएका भए पनि सङ्क्रमित नभएको सक्रिय प्लसले जनाएको छ । संस्थाले दिवसका अवसर न्यानो कपडा वितरण तथा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम गर्ने जनाएको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार १५:२० मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...