back

मुक्तक

वि.सं.२०८० मंसिर १६ शनिवार

720 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

विष्णु थापा ‘विछोड’, गागलफेदी, काठमाडौ

१.
छैन केही गुनासो सपना हजार देखाउनेसँग
आँखाभरी आँसु दिई झुटो संसार देखाउनेसँग
एकपटक सोध्न मन छ के होला प्रेमको अर्थ ?
भित्रभित्रै सिध्याउने बाहिर दिलदार देखाउनेसँग

२.
हेर्दाहेर्दै मालिक पनि दास बनिसके
सास मात्र चल्ने ज्यूँदा लास बनिसके
विदेशीका गुलाम आत्मा बेच्ने पानीमरुवाहरू
जनताको नजरमा उपहास बनिसके

३.
मैन जस्तै आफूले आफैलाई सकेर जान्छन् कोही
आफू रित्तिएर अरुकै लागी हाँसेर जान्छ्न् कोही
बिर्सि नसक्नुका हुन्छ्न् कोही÷कोही धर्तीका बोझ मात्रै
संसारमा बेग्लै पहिचान छोडेर जान्छ्न् कोही

४.
जनताले पनि सचेत भै गठबन्धन गर्नुपर्छ
सबैले आफ्नो आफ्नो विचार मन्थन गर्नुपर्छ
देशको लागी के के गरे चुनाव जितेर गए पछि
बेला यै हो फटाहाहरूको मुल्यांकन गर्नुपर्छ

५.
जसोतसो हिजोआज चल्दैछ जिन्दगानी
ममताको अभावले गल्दैछ जिन्दगानी
सुगर प्रेसर दम खोकी बुढ्यौलीको पेवा भयो
सन्तानको साथ विना ढल्दैछ जिन्दगानी

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:१४ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...