back

मुक्तक

वि.सं.२०८० मंसिर १६ शनिवार

675 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

सुरेश वैद्य, नयाँ बजार, काठमाडौं


एकान्त खोज्ने मनलाई किन हो सताउन थाल्यो
नाना भाँति कुराले आफै लाई नै तर्साउन थाल्यो
अब यस्तो लाग्छ कोही साथमा सधैं नै रहिरहोस्
अचेल निंद्रामा पनि यो मन बर्बराउन थाल्यो ।।

२.
तिमीले जस्तै मैले आफ्नो बाटो मोडनै सकिनँ
तिम्रो साथ किन हो प्रिया मैले छोडनै सकिनँ
मेरो अमुल्य माया किन यति सस्तो बनायौ
तिमी अन्तै मन जोड्यौ मैले कतै जोडनै सकिनँ ।

३.
समयको बेग संग संगै मैले हिडन पो सिक्दैछु
निरासाको बादल मनबाटै सदाको लागि झिक्दैछु
बाँच्नु त पर्छ नै सुख दुःखको बाटोलाई अङ्गालेर
त्यसैले आज जुनसुकै परिस्थितिमा पनि टिक्दैछु ।

४.
यो दिलमा केही रहर पलायो भनुँ कि न भनुँ
तिम्रो हेराइले रक्त सञ्चार गरायो भनुँ कि न भनुँ
तिमी गयौ आफ्नो बाटो, एक टकले म हेर्दैरहें
तिम्रो सुन्दरताले घायल बनायो भनुँ कि न भनुँ ।

५.
न रिसाउन प्रिया नशामा मैले के बोलें बोले
हुन सक्छ तिम्रो प्रेमको रस पनि केही घोले
अरु बेला बोल्ने हिम्मत नै जुटाउन सकिनँ
आज पिएको बहानामा मनको कुरा खोले ।

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:१५ मा प्रकाशित

अनेसासद्वारा ‘अनेसास हिरो -२०२४’ को घोषणा

अनेसासद्वारा ‘अनेसास हिरो -२०२४’ को घोषणा

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्धेश्य बमोजिम नेपाली भाषा...

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

पोखरा, कास्की । नेपाल भारत साहित्य महोत्सव पाँचौ संस्करण २०८०...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...