back

मुक्तक

वि.सं.२०८० मंसिर १६ शनिवार

549 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ

१.
अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ ।
विवशताको सिरकले आफूलाई बेर्नु पर्छ ।
जसको निंद नै सत्रु बन्यो उही नै जान्दछ,
बिहानीको प्रतीक्षामा कति कोल्टे फेर्नु पर्छ ।

२.
जिन्दगीको स्वतन्त्रता कसैको अधिन नपरोस् ।
बगिरहोस् अरूको जमिनमा तालिन नपरोस् ।
आफू सधैँ गुन लगाएरै जिउने मान्छे बनौँ,
ताकि गुनैगुनको भारले निसास्सिन नपरोस् ।

३.
लौरी पनि बलियो छानेर मात्रै टेक्ने गर्छन् ।
अन्न पनि राम्रो राखेर बँचेको बेच्ने गर्छन् ।
तन, धनको नसके मनको बलियो बन्नुस्,
यहाँ कमजोरहरूलाई सबैले हेप्ने गर्छन् ।

४.
जोखिमै जोखिम छ हर प्रहरमा जिन्दगीको ।
त्यसैले किन रहनु सधैँ डरमा जिन्दगीको ?
बाटोमा सावधानी चिन्ह हुँदा त दुर्घटना हुन्छन्,
कतै कुनै चिन्ह हुँदैन सफरमा जिन्दगीको ।

५.
एक अर्कामा दोषारोपण साटासाट हुन्छ ।
आफ्नो गल्ती स्विकार्दैनन् बरू मारकाट हुन्छ ।
मान्छेले आफ्नो देख्दैनन् अरूको मात्रै देख्छन्,
जानेर या नजानेर गल्ती सबैबाट हुन्छ ।

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२० मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...