back

कथा : दानी

वि.सं.२०८० मंसिर १६ शनिवार

600 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित समारोहको आयोजना गरे । जुनबाट पैसा जम्मा गर्ने योजना बनाइयो । उनीहरु सेठकोमा पुगे । उनिहरूले भने, ‘यतिबेला देशमा संकट छ । लाखौं दाजुभाइ दिदीबहिनीहरू घरबारविहीन छन्, तपाईंले पीडितहरूका लागी खाना र लुगा जुटाउन ठूलो रकम दिनुपर्छ । तपाईं समारोहमा आउनुपर्छ ।’

उसले भन्यो, ’भगवानको इच्छामा कसले बाधा पु¥याउन सक्छ ? जहाँ हरिको इच्छा छ, हामी कसैलाई कसरी मद्दत गर्न सक्छौं ? फेरि भाइ, हामी दिनहुँ दुई चार प्रकारको दान दिन्छौं र व्यापारमा कुनै शक्ति छैन ।’

एक जनसेवकले भने, ’खाद्यमन्त्री पनि कार्यक्रममा आउँदै हुनुहुन्छ, पैसा उहाँले उठाउने हो ।

सेठजीको अनुहार उज्यालो भयो । जसरी भगवानको याद गर्दा भक्तको अनुहारमा उज्यालो आउँछ । उनले भने, ‘हो, गरीबलाई समस्या छ ! के गर्नुपर्छ ? हामी जहिले पनि सकेसम्म सहयोग गर्छौं । आखिर हामी पनि देशवासी हौं । तिमी आएका छौ भने म तिमीलाई खाली हात जान दिन्न । म तिमीलाई एक हजार रुपियाँ दिन्छु । मन्त्रीले न लिने हुन ? उनै ले न अपील गर्छन् ? आफ्नै हातमा दिनुपर्छ, होइन र ?’

जनसेवकले भने, ‘हो हजुर, मन्त्रीज्युले नै पैसा लिनुहुन्छ ।’

उनले भने, ‘हस् हस्, ठिकै छ । म ठीक समयमा आउँछु ।’

सेठजी एक हजार रुपैयाँ लिएर कार्यक्रममा पुगे तर संयोगले मन्त्री अलि पहिले उठेर अत्यावश्यक काममा गैसकेका थिए । मन्त्रीले अपील गर्न सकेनन्, चन्दा लिन सकेनन् ।

आयोजकले अपिल गरे । पैसा आउन थाल्यो । सेठजीको नजिक पुगे ।

सेठजीले भने, ‘मलाई मूर्ख बनाउ छौ ! तिमीले नै त भनेका थियौ, मन्त्री आफैंले लैजान्छन, र मन्त्री त हिँडि सके ।’

हरिशङ्कर परसाईको हिन्दी लघुकथा ‘दानी’ बाट लिइएको ।

लेखक  हरिशङ्कर परसाई
अनुवादक : योगप्रसाद उपाध्याय चापागाईं
गोठाटार, काठमाडौं

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२३ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...