back

कोपिला\डाली

वि.सं.२०८० मंसिर १६ शनिवार

603 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

गणेश लोहनी, चितवन हाल काठमाडौं


साधनाले सिद्धि मिल्यो ध्यान जन्म्यो
ज्ञानले शान्ति रोज्यो विज्ञान विध्वंस मच्चाइरहेको छ
ध्यानले सुत्र निकाल्यो विज्ञान जन्म्यो


कोही पानी धमिल्याउँछन् माछा मार्छन्
नझुक्किनु है जोसुकैहुन् व्याधाको काम मार्नु नै हो
कोही सद्भाव अमिल्याउँछन् बाछा मार्छन्


फाटक् खुल्छ र ठूला वडाको माल आउँछ
गिताको ज्ञान अनुसार सुनिश्चित छ भाग आफ्नो आफ्नो
पुर्याइदिने भरियाको चाहिँ काल आउँछ


भन काल तिमीलाई खटाउने को हो ?
कसले तुल्यायो दया नलाग्ने यति विघ्न निर्विवेकी ?
कोलाहल मच्चाउन पठाउने को हो ?


मानवता हारे हारिरहोस् पशुत्व हार्न हुँदैन
अनौठो छ मेरो देशको चाला जेब्रा क्रसिङमा किचिन्छन् मान्छे
बाघले मान्छे मारिरहोस् बाघलाई मार्न हुँदैन

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२४ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...