back

लघुकथा : घृणा र प्रेम

वि.सं.२०८० मंसिर १६ शनिवार

891 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

कल्पना भण्डारी
सिन्धुपाल्चोक, हाल – काठमाडौं

‘गौरी दिदी भोलि त महिला हिँसाको सोह्रदिने अभियान छ रे । काठमाडौँमा थरिथरिका मान्छेलाई देख्न पाइन्छ । उनीहरुका गुनासाहरु सुन्न पाइन्छ । जाऊँ है दिदी ?’, भन्दै गौरीलाई सुन्दरीले आग्रह गरिन् ।

गौरीले उत्साहहीन हुँदै भनिन् –‘हुन त हो, म काठमाडौँ गएँ भने बच्चालाई खाना कसले दिन्छ ? सुन्दरी बहिनी, सबैको आ–आफ्नो वेदना हुन्छ कसैले सुनाउँछन् कसैले सुनाउँदैनन् । मेरा पनि धेरै पीडा छन्, कस्लाई भन्नु र ? काम छैन, घरमा बस्यो खायो भनेर सधैँ झगडा मात्रै पर्छ । जागिर खान जाऊ भने बच्चालाई हेर्ने मान्छे छैन । एक रुपैयाँ खर्च दिनुहुन्न । गाईवस्तु भए घाँस काटेर खुवाउँथेँ । मान्छे हौ गरिखाऊ भन्दै वचन मात्रै लगाउनुहुन्छ । सुन्दरी, मलाई त मर्नु न बाँच्नु भएको छ । यो कुरा तिमीलाई मात्रै भनेको अरुलाई नभन है ?’

गौरीको कुरा सुनेर सुन्दरीलाई धेरै नराम्रो लाग्यो र भनिन्– ‘पढेलेखेको जागिरे मान्छेको पनि खासै बुद्धि नहुने रहेछ । मेरा त अहिलेसम्म एक वचन पनि लगाउनुभएको छैन । हामी त मिलेर काम गर्छाै । सबै राम्रो छ दिदी ।’, एकैछिन वातावरण स्तब्ध भयो ।

‘किन हो, रातभरि टिकटक चलाउने र केटीहरुलाई फोन गर्ने ? भनेको मात्रै थिएँ, हिजो लात्ताले हानेर मेरो घुँडामा यत्रो घाउ भएको छ’, भन्दै देखाइन् गौरीले ।

‘ठिकै छ दिदी पिर नलिनू । छोरीको कर्म कसैले देखेको हुँदैन । यो पीडा सुनेर मलाई धेरै पिर परेको छ दिदी यसको समाधान म गर्छु’, भन्दै सुन्दरी हिँडिन् ।

बेलुका श्रीमान् आएर गौरीलाई, ‘के गरेर बसेको दिनभरि ?’, भन्दै तथानाम गाली गर्दै थिए घरमा प्रहरी आएर उनलाई हतकडी लगाएर लान लागे । गौरीले रुँदै भनिन् , ‘नलानुहोस् हजुर ! हामी मिलेर बस्छौँ । यसो बच्चाको निहुँमा ठुलो स्वर भएको मात्रै हो । म माथि हिंसा भएको छैन ।’ श्रीमानले गौरीको अनुहारमा गौरवको भावले हेरिरहे ।

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:२५ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...