back

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० मंसिर १७ आइतवार

456 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिने क्रममा यही मंसिर १४ देखि संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आज साँझ काठमाडौँ आइपुग्नेछन् ।

आफ्नो भ्रमणबारे जानकारी गराउन आज साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएईको दुबई पुगेका थिए ।

त्यहाँ रहँदा प्रधानमन्त्री ‘प्रचण्ड’ले शनिबार कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए ।

त्यसअघि शनिबारै प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर बैठक आयोजना गरेका थिए ।

वि.सं.२०८० मंसिर १७ आइतवार १०:२२ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...