back

बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

वि.सं.२०८० मंसिर १७ आइतवार

300 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की रहेका छन् ।

दोलखा प्रहरीका अनुसार उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते भएका सञ्जिवलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएको प्रहरीले जनाएको छ । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तामाकोशी गाउँपालिका-३ का कृष्ण नेपाली, सोही स्थानका रचेस मुग्राती, सुमन तोलांगी, माधव पोख्रेल, सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका-२ झुलेका अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १०:३८ मा प्रकाशित

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

मन्थली, (रामेछाप) । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा...

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग...

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

उलान बाटोर। ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा...

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...