back

लागुऔषध रोकथामका लागि लालटिन समन्वय डेक्स समिति गठन

वि.सं.२०८० मंसिर १७ आइतवार

258 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जुम्ला । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका-४का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका जिल्ला अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासङ्घका शाखा अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र अर्का एक प्रहरी सहायक निरीक्षक रहेको उनको भनाइ थियो ।

सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयबाट निर्माण गरिएको उक्त कार्ययोजनामा लागुऔषध विरुद्ध जुम्ला जिल्लामा हुने गतिविधि अनुगमन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन सो समिति गठन गरिएको उनको भनाइ थियो ।

पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सातवटा आर्थिक वर्ष २०७९/८० मा १२ वटा र गत साउनदेखि हालसम्म आठ वटा लागुऔषधका मुद्दा दर्ता भएकोे छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० मंसिर १७ आइतवार १२:४३ मा प्रकाशित

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका...