back

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

वि.सं.२०८० मंसिर १७ आइतवार

243 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेका छन् ।

गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले कम्पनीले मधेस क्षेत्रलाई लक्षित गरी शाखा बिस्तार गरिएको बताए । कम्पनीले हाल घरायसी प्रयोगका लागि उत्पादन गरेका विभिन्न ४३ प्रकारका विद्युतीय सामान बिक्री सुरु गरेको र निकट भविष्यमा जनकपुरबाटै ती सामग्रीको उत्पादन सुरु गर्ने उनको भनाइ थियो ।

‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताए ।

वि.सं.२०८० मंसिर १७ आइतवार १३:०३ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...