back

नयाँ व्यवसायको रुपमा कालिज पालन गर्दै किसान

वि.सं.२०८० मंसिर १८ सोमवार

393 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

पाल्पा । पाल्पाको रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा स्थानीय किसानले कालिज पालन सुरु गरेका छन् । रामपुर नगरपालिका-४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिज पालन व्यवसाय सुरु गरिएको छ ।

चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन गरिएको छ ।

व्यवसायी लोकमाया रानाले आफूले गरेको कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन्। गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका हुन् ।

‘छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय भएकाले धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ’, लोकमायाले भनिन् ।

उनको फार्ममा हाल एक सय ५० कालिज छन् । गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको हो। नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको लोकमायाले बताइन् । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेका छन् ।

एउटा चल्ला रु चार सयमा खरिद गरेर पाल्न थालिएको हो । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन् । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त उनको भनाई छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरिएको हो ।

करिब रु ३० लाखको लागतको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले रु तीन हजार, पोथी रु दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ ।

कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ ।

कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० मंसिर १८ सोमवार १०:१० मा प्रकाशित

स्वयंसेविकाद्वारा निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोप लगाउने

स्वयंसेविकाद्वारा निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोप लगाउने

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन...

एकैदिन १० जनाभन्दा धेरै विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

एकैदिन १० जनाभन्दा धेरै विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन...

अनि फेरियो साँखगाउँको मुहार

अनि फेरियो साँखगाउँको मुहार

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ...

बेलायतका विकासमन्त्री मिचेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

बेलायतका विकासमन्त्री मिचेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा...

लालीगुराँस फुलेसँगै राईनसकोटमा आकर्षित गर्दै पर्यटक

लालीगुराँस फुलेसँगै राईनसकोटमा आकर्षित गर्दै पर्यटक

लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर...

हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित

हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी...