back

बोलेरो दुर्घटना हुँदा चालकको निधन

वि.सं.२०८० मंसिर १८ सोमवार

405 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।

उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१-०१-००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।

वि.सं.२०८० मंसिर १८ सोमवार १०:१७ मा प्रकाशित

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका...