back

एनआईसी एशियामा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

वि.सं.२०८० मंसिर १८ सोमवार

720 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणीहरुमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको जनाएको छ।

बैंकले यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको बैंकको भनाइ छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई ऋणीहरुलाई कर्जा भुक्तानीमा सहज हुने विश्वास बैंकको छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको जनाएको छ ।

वि.सं.२०८० मंसिर १८ सोमवार १३:२० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...