back

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार

429 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । शर्माका अनुसार यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो । नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

एनसेलको स्वामित्व खरिद–बिक्रीका विषयमा सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि अध्ययन थालेको छ । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा जानकारी मागेको हो ।
–––

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३३ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...