back

दुर्लभ चरा संरक्षणमा जुट्दै संरक्षणकर्मी

वि.सं.२०८० मंसिर १९ मंगलवार

375 

shares
NTC AD
Global IME AD

भरतपुर (चितवन) । दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका-२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् ।

पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए । उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।

चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ । बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताए । “यहाँ जाडो छल्न चरा आउँछन्”, उनले भने, “खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो ।”

चरा संरक्षणका लागि वडा नं २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताए । “संसारमै नभएका चरा यहाँ छन्”, उनले भने, “यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ ।” उनले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्तवपूर्ण भएको उहाँको भनाइ छ ।

चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताए । उनले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताए । साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बतजस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उहाँले बताउनुभयो । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा यहाँ छन् ।
रासस

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...