back

पाँच वटा कम्पनी कालोसूचीमा

वि.सं.२०८० मंसिर १९ मंगलवार

294 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले आज मंगलवार एक सूचना प्रकाशन गर्दै एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेको जनाएकाे छ ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा परेको सूचनामा उल्लेख छ । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही छन् ।

यसैगरी, मैनाचुली-सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ ।

शेर्पा/हेना/सुनामी जेभी विदुर-७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी छन् ।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
सूचना यस्तो छ :

वि.सं.२०८० मंसिर १९ मंगलवार ११:१४ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...