back

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

वि.सं.२०८० मंसिर १९ मंगलवार

288 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताएका हुन् ।

महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।

पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उनले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए । महामन्त्री शर्माले भने, “मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ।”

वि.सं.२०८० मंसिर १९ मंगलवार १२:०० मा प्रकाशित

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

टीकापुरमा शीत भण्डार निर्माण, किसान उत्साहित

भजनी (कैलाली) । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको...

बजेट अभावका कारण महाकाली सिँचाइ आयोजना प्रभावित

बजेट अभावका कारण महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी(कञ्चनपुर) । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ...

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका...

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान...