back

आठ वर्षसम्मा पनि पुल बनेन्, फेरी भत्किन थाल्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार

318 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

कटारी (उदयपुर) । कटारी नगरपालिका–३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ ।

हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्पmको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले बताए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो ।

सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर सञ्जीव दासले राम्रो जडान नहुँदा चर्किएर भत्किन थालेको बताए । स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण पटक–पटक भत्कन थालेको आरोप लगाएका छन् ।

विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण सुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण नसकिएपछि पटक–पटक म्याद थपिए पनि अझै पुल निर्माण सकिएको छैन ।

सडक विभागको रु आठ करोड ७९ लाख २८ हजारको लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । “निर्माणाधिन पुल भत्किएर जोखिम बढेको छ”, स्थानीय प्रकाश पाख्रिनले भने, “सुरुदेखि नै गुणस्तरहीन काम भयो हामीले जति गुनासो गरे पनि सुनुवाइ भएन् ।”

इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ । पुल लामो समय अलपत्र पारेको, निर्माण नसकिँदै भत्किएको तथा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले ठेक्का तोड्नुपर्ने माग राखेका छन् ।file photo

वि.सं.२०८० मंसिर १९ मंगलवार १५:४६ मा प्रकाशित

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।...

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको...