back

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

वि.सं.२०८० मंसिर १९ मंगलवार

966 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् ।

नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए ।

‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’
सिन्धुली जिल्ला मरिण गाउँपालिका–७, हाल रातमाटा घर भई१८ बर्ष देखि स्वीडेनमा रहेका रचनाकार तथा निर्माता डा. थापा पेशाले बिश्वबिद्यालयका प्राध्यापक तथा रिसर्चर बैज्ञानिक हुन् ।

गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुइ–चारवटा गीतहरु पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरुको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीहरुले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरुलाई जत्ती अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिदैन। अन्य देशहरुमा खेलाडीको सम्मान हेर्दा इष्र्या आउँछ। । त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने÷गराउने गीत र म्युजिक भिडीयो हामीकहाँ कमै बन्छन् ।

त्यसकारण सबै खेलहरुमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीहरु प्रती सम्मान र प्रोत्साहन मिलोस भन्ने कामनासहित यो गीत ल्याएका हौं । ’

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईहरुले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए ।

श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन् । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३० मा प्रकाशित

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।...

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस...

विकरालकाे ‘यादको  मूर्च्छना’ विमोचन

विकरालकाे ‘यादको मूर्च्छना’ विमोचन

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना ’को विमोचन...

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

काठमाडौँ । दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज...

अगम विकरालको ‘यादको मूच्र्छना’ को विमोचन

अगम विकरालको ‘यादको मूच्र्छना’ को विमोचन

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूच्र्छना’ को विमोचन...

फेरी पनि दयाहाङको दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

फेरी पनि दयाहाङको दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको...