back

निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्ने

वि.सं.२०७४ वैशाख १७ आइतवार

108 

shares
NTC AD
Global IME AD

१७ बैशाख, पाल्पा । बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् ।

पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रूपमा गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले नागरिक समाजले स्थानीय तहको अधिकार र कर्तव्यका बारेमा मतदाता बुझाउन सकेको अवस्थामा निर्वाचनको महत्व नागरिक तहमा अझ बढ्ने बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय लेखा विभाग सदस्य धनेन्द्रराज घिमिरेले स्थानीय तहको निर्वाचनमा दुई चरणमा भए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएमा नागरिकका अधिकार सुनिश्चित हुने विचार व्यक्त गर्नु भयो । रापप्राका जिल्ला अध्यक्ष डुवबहादुर कुँवरले सबै दल मिलेर स्थानीय निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाज पाल्पाका सचिव भेषराज सुवेदीले लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा गुज्रिरहेकाले स्थानीय निर्वाचनको विकल्प नै नभएको बताउनुभयो । नेपाल नागरिक समाज, पाल्पाका पुष्कर रेग्मीले मतदाता शिक्षालाई निरन्तरता दिई मतदातालाई सचेत बनाउन सहयोग पुग्ने र सरकारलाई निर्वाचन गराउन दबाब दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री गङ्गा पौडेल, लालु राना, सुनिता शर्मा, कानुन व्यवसायी नारायण बस्याल, गीता शर्माले सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक कार्यपत्र पत्रकार तिलक पाठकले प्रस्तुत गर्नुभएको थियो । स्थानीय निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब सिर्जना गर्नुपर्ने केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले बताउनुभयो ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...