back

सोती घटना : २३ जनालाई जन्मकैद, प्रेमिकालाई दुईवर्ष जेल

वि.सं.२०८० मंसिर १९ मंगलवार

528 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

त्रिवेणी (रुकुम पश्चिम) । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा भएको घटनाको फैसला भएको छ ।

जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा हत्या भएको थियो ।

 

वि.सं.२०८० मंसिर १९ मंगलवार २३:३६ मा प्रकाशित

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका...

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान...

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ ।...

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

चैनपुर (बझाङ) । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको...