back

नबिल बैंकले ल्यायो मेसिनबाटै चेक क्लियरिङ्ग हुने सुविधा

वि.सं.२०८० मंसिर २० बुधवार

747 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकका अनुसार यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा बैंकको विश्वास छ ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने बैंकले जानकारी गराएको छ ।

हाल बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे जनाएको छ । बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको बैंकले जनाएको छ ।

वि.सं.२०८० मंसिर २० बुधवार १२:५१ मा प्रकाशित

यस्तो छ ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

यस्तो छ ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

कति तोकेको छ त राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...