back

सवारी जाँचका क्रममा प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

वि.सं.२०८० मंसिर २० बुधवार

402 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३-००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल-९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

रासस /फाइल फाेटाे

वि.सं.२०८० मंसिर २० बुधवार १३:०१ मा प्रकाशित

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको...

२० रनले नेपाल नामिबियासँग पराजित

२० रनले नेपाल नामिबियासँग पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...