back

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

वि.सं.२०८० मंसिर २० बुधवार

462 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन् । उनले भने, “एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।” उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए ।

प्रवक्ता सापकोटाले भने, “जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ ।”

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए ।

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए । उनले सत्ता गबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताए ।

सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताए ।

पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको टिप्पणी गर्दै उनले भने, “संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसद्भन्दा माथि कोही हँुदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।”

 

वि.सं.२०८० मंसिर २० बुधवार १६:२४ मा प्रकाशित

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

बनियानी (झापा) । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप...

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी...