back

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

वि.सं.२०८० मंसिर २० बुधवार

495 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई गैरआवासीय नेपाली संघ घानाले स्वागत गरेको छ ।

संयुक्त राष्ट्र संघको शान्ति स्थापना मन्त्रीस्तरीय बैठकमा भाग लिन पश्चिमी अपिÞm्रकी मुलुक घाना पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काको स्वागतमा गैरआवासीय नेपाली संघ घानाले स्वागत कार्यक्रम तथा रात्रीभोज आयोजना गरेको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री खडकाको स्वागत गर्दै एनआरएनए घानाका अध्यक्ष बिकास सुबेदीले घानामा नेपालको यो पहिलो उच्चस्तरिय भ्रमण रहेको र उपप्रधानमन्त्रीको स्वागत गर्न पाउँदा यहाँको नेपाली समुदाय अति नै उत्साहित भएको बताए ।

सुवेदीले घानामा काम गर्न आउने नेपालीहरुलाई नेपाल सरकारले श्रम स्वीकृति लिन समस्या परिरहेकहो र एयरपोर्ट अध्यागमनले पनि अनावश्यक दुःख दिने गरेकोले सो को समाधानका लागि आबश्यक पहल गरि समस्या समाधान गरिदिन उपप्रधानमन्त्री खड्का समक्ष आग्रह गरे ।

समारोहमा उपप्रधानमन्त्री खडकाले नेपालले पनि अहिले हाइड्रोपावर, कृषि र पर्यटनमा प्रगति गरिरहेको बताउँदै गैरआवासीय नेपालीहरुले मार्तुभुमीमा लगानी र ब्यबसाय प्रबर्द्धनमा जोड दिन नेपाल सरकारको तर्फबाट आग्रह गरेका थिए । खड्काले त्यहाँका नेपालीहरुलाई परेको समस्या समाधान गर्न आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा भानु पाठक, बिनोद खडका, सुमित शर्मा, बिनोद थापा , कमला भुषाल र धनु पाठक लगायतले उपप्रधानमन्त्री खड्काको स्वागतमा आ–आफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उनीहरु लगायत घानाको आक्रामा रहेका एनआरएन सदस्यहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० मंसिर २० बुधवार १६:५३ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...