back

श्रम शोषणमा परेकी महिलाको उद्धार

वि.सं.२०८० मंसिर २१ बिहीवार

273 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बेनी । रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ ।

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)कुवेतलगायत निजको उद्धार लागेका थिए ।

कुवेतबाट नेपाल फर्कनुभएकी चोखाल बुधबार आफ्नो घरमा आइपुग्नुभएको छ । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल हुनुभएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए । करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन् ।

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताएकी थिइन्।
रासस

वि.सं.२०८० मंसिर २१ बिहीवार ०८:३९ मा प्रकाशित

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका...

नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य

नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले...