back

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ बेचविखनमा रोक

वि.सं.२०८० मंसिर २१ बिहीवार

294 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आज मंसिर २१ ग्तेदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ उत्पादन तथा बेचविखनमा रोक लगाएको हो ।

प्रशासनले आज एक सूचना प्रकाशन गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८०लाई मध्यनजर गर्दै पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहाएका चार किल्ला भित्र कसैले पनि मांस, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने सूचनामा उल्लेख छ ।

यदि कोही कसैले बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना :

वि.सं.२०८० मंसिर २१ बिहीवार ०८:५९ मा प्रकाशित

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।...

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको...