back

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

वि.सं.२०८० मंसिर २१ बिहीवार

390 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ ।

यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई प्रमाणपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको हो । उनले भने, “सरकारले कानुन संशोधनको तयारीमा रहेको जानकारी पाएका छौँ । संशोधन भए जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने छन् ।” कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको छ । उनले भने, “अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम गरिरहेका छाँै ।” अहिले पुर्जा बनाउने र सूचना प्रकाशनको काम भइरहेको उनले बताए । जग्गा नाप्ने र स्थलगत अनुगमन सकिएको छ ।

यसअघि भरतपुर महानगरपालिका वडा नम्बर २, २९ र इच्छाकामनाका एक सय ५४ परिवारलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोगमा जिल्लाका १० हजार बढी सुकुम्बासीले आवेदन गरेका छन् ।
रासस/फाइल फाेटाे

वि.सं.२०८० मंसिर २१ बिहीवार ११:०२ मा प्रकाशित

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा...

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...