back

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

वि.सं.२०८० मंसिर २१ बिहीवार

546 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर(शाखा) को आयोजनामा ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती महाकवि लक्ष्मी प्रसाद देबकोटालाई श्रद्धा सुमन अर्पण गर्दै कविता वाचनको साथै मन्तब्य सहित कार्यक्रम सम्पन्न गरिएको छ ।

सोही अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयार्क शाखाको २०२३–२०२५ को लागि सम्पन्न भएको निर्बाचनमा साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको पनि चयन गरिएको छ ।

नयाँ कार्यसमितीमा अध्यक्षमा लक्ष्मी श्रेष्ठ ;उपाध्यक्षमा जानुका वस्ती ढकाल ; महासचिवमा नदिया लिबांग; सचिवमा मेनका पराजुली तथा कोषाध्यक्षमा सिर्जना लामा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिमा संयोजकमा किरण काफ्ले सहित बद्री पौडेल तथा हरि शर्मा सदस्यहरु रहेका थिए । लक्ष्मी जयन्तीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, बोर्ड अफ ट्रष्टीका निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्री लगायत कार्यक्रमका सभापति राजन महर्जनले लक्ष्मी प्रसाद देबकोटालाई श्रद्धा सुमन अर्पण गर्दै पानसमा दियो प्रज्वलन गरी शुरु गरेको कार्यक्रमको अध्यक्षता शाखा (च्याप्टर)का अध्यक्ष राजन महर्जनले गरेका थिए ।

यसैगरी, कार्यक्रममा गायिकाहरुको उपस्थित समुहद्वारा नेपाली राष्ट्रीय गान तथा अमेरीकी राष्ट्रिय गान संयुक्त रुपमा प्रस्तुत गरिएको थियो । महाकवि लक्ष्मी प्रसाद देबकोटालाई स्मरण गर्ने क्रममा, साहित्यकार तथा सम्पादक युयुत्सु शर्माले नेपाली कविता र अँग्रेजी कविता पनि वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठले उपस्थित पस्थित सम्पूर्ण बिशिष्ट महानुभावहरुलाई संम्बोधन गर्दै स्वागत मन्तब्य गरेकी थिइन् ।

लक्ष्मी जयन्ती मनाउन न्युयोर्क राज्यको वरपरका राज्यहरु न्युजर्सी, बोस्टन, पेन्सलभेनियाबाट अनेसासका पदाधिकारी साथै साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो भने नेपालबाट हालः अमेरीकाको भ्रमणमा रहेका बिशेष अतिथी साहित्यकार युयुत्सु शर्माको पनि उपस्थिती रहेको थियो।

नव निर्बाचित पदाधिकारीहरुलाई निर्बाचन समितीका सदस्य हरि शर्मा पदीय मर्यादाको सपथ ग्रहण पनि गराएका थिए ।

सोही अबसरमा केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ तारा किशन फÞाउण्डेशनका संस्थापक साथै अनेसासका सल्लाहकार साहित्यकार किशन सिंह धामी, केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवाली, सल्लाहकार सिता खरेल, बन्दना कोईराला, कुन्ती थापा साथै बि ओ टीका निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीले अ ने सा स केन्द्रका नब निर्वाचित सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा अनेसास बि ओ टीका निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीको नयाँ कृती उपन्यास ‘रोबर्ट जर्ज” को समिक्षा बिओटीका सदस्य च्याप्टरका सल्लाहकार, साहित्यकार तथा समिक्षक रश्मी भट्ट गरेकी थिइन् ।
देबकोटा जयन्ती मनाउने क्रममा साहित्यकार गोविन्द कोईरालाले वाचन गरेको कविताले माहौललाई मन्त्र मुग्ध पारेको थियो।
कार्यक्रमका अतिथि, बिशेष अतिथिहरुलाई अनेसास न्युयोर्क च्याप्टरका सचिब नदिया लिबांगले दोसल्ला ओढाई स्वागत गरेकी थिइन् । कार्यक्रममा थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो ।

शाखा(च्याप्टर)का महासचिब साहित्यकार जानुका वस्ती ढकालले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमका अध्यक्ष राजन महर्जनले धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १४:२१ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...