back

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

वि.सं.२०८० मंसिर २१ बिहीवार

744 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका भुकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि रु . एकलाख एकचालीस हजारको सहयोगको चेक आज माननीय परराष्ट्रमन्त्री एनपी साउँदलाई परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको छ ।

परराष्ट्र मन्त्री साउँदले मार्तुभुमीमा बिपत पर्दा गैरआवासीय नेपालीहरुले सधै सहयोग गर्ने गरेको र अब राष्ट्रको समृद्दिका लागि अझै बढी लगानी केन्द्रित भइ अग्रसर हुनुपर्ने बताए । अफ्रिकाको सानो नेपाली समुदायबाट पनि देशका लागि बेलाबखत राष्ट्रका लागि उच्च योगदान हुने गरेकामा आफू जानकार रहेको बताउदै साउँदले आभार ब्यक्त गरे ।

नाइजेरियाका अध्यक्ष सोमेश अर्यालले नाइजेरियाको नेपाली समुदायबाट थोरै भएपनि घरदेशमा परेको संकटमा सरकार मार्फत सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

उक्त अवसरमा एनआरएनए नाइजेरियाका पूर्वअध्यक्ष दीपक कर्ण, सस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम सरकारका निबर्तमान आन्तरिक मामिला मन्त्री डा. रणबहादुर रावल समेतको उपस्थिति थियो ।

एनआरएनए नाइजेरियाको मौज्दात राहत कोषबाट रु ९३०००, सदस्य संजय दासबाट ४०,००० र रोमलाल बिश्वकर्माबाट ८००० गरि जम्मा एकलाख एकचालिस हजार सहयोग पठाइएको हो ।

 

वि.सं.२०८० मंसिर २१ बिहीवार १४:३८ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...